राष्ट्र बैंकले ४० करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ४० करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्ने भएको छ ।
बैंकले उक्त रकम वाणिज्य बैंकका साथै राष्ट्रिय स्तरका विकास बैंक र वित्त कम्पनीमा मुद्दति निक्षेपमा राख्ने भएको छ ।
बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड रकम मध्ये वाणिज्य बैंकमा ३२ करोड, विकास बैंकमा ६ करोड र वित्त कम्पनीमा २ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
बैंकले उक्त रकम मंसिर १० गतेदेखि २०८१ मंसिर १० गतेसम्मका लागि राख्न लागेको हो । त्यसका लागि ५ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ ।