कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त



काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।

शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका सीईओ रमेश अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै वरिष्ठ डेपुटी सीईओ खनाललाई सीईओ नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको छ । अर्यालले गएको शुक्रबार राजीनामा दिएका थिए ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खनाल कुमारी बैंक एनसीसीसँग मर्ज हुनुभन्दा अगाडि कुमारी बैंकमा सीईओ थिए । मर्ज भएपछि उनी कुमारी बैंकको वरिष्ठ डेपुटी सीईओ रहेका थिए ।

खनालकाे कार्यकाल ४ वर्षकाे हुनेछ ।


क्लिकमान्डु