बुढानीलकण्ठमा १ अर्ब ३३ करोड लगानीमा होटल फरेष्ट इन बन्ने
काठमाडौं । बुढानीकण्ठमा १ अर्ब ३३ करोड लगानीमा होटल फरेष्ट इन बन्ने भएको छ । होटल फरेष्ट इनको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा बुढानीलकण्ठ नगरपालिका वडा–१ मा १ अर्ब ३३ करोड २० लाख रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण गर्ने जनाएको छ । कम्पनीले कुल १० हजार ८०८.४२ वर्गमिटरमा होटलको निर्माण गर्ने भएको छ ।
होटलमा २०६५.४४५ वर्गमिटर प्लिन्थ एरिया, ८ हजार १०३.७८ वर्गामिटर क्षेत्रफल हरियाली क्षेत्र र खुला क्षेत्र हुने प्रतिवेदनमा उल्लेख छ । होटलमा १.०६ फार हुनेछ भने फाउन्डेशन डेफ्त ८ फिट हुनेछ ।
प्रतिवेदनअनुसार पाँचतारे होटलमा ६ वटा भवनहरु बन्नेछ । जसमा कम्पनीले ब्लक ‘ए’ देखि ब्लक ‘ई’ सम्म र ब्लक स्पा गरी ६ वटा भवन बन्ने छ । जसमा ब्लक ‘ए’ २२९६.६ वर्गामिटर क्षेत्रफलमा निर्माण क्षेत्र र ५७५.८७क वर्गमिटर प्लिन्थ क्षेत्र हुनेछ । उक्त भवन ४ तल्लाको हुनेछ ।
ब्लक ‘बी’ को निर्माण क्षेत्र ७७१.५ वर्गमिटर र १६३.७४ वर्गमिटर प्लिन्थ एरियामा ४ तल्ला भवन बन्नेछ । ब्लक ‘सी’ भवन ६ हजार १६२.०२ मा निर्माण क्षेत्र र ६ ७२.३६ वर्गामिटरमा प्लिन्थ क्षेत्रमा ५ तल्ला भवन बन्नेछ ।
त्यस्तै, ब्लक ‘डी’पनि ५ तल्लाको भान्सा ब्लक बन्ने प्रतिवेदनमा उल्लेख छ । उक्त भवन ८१९.२ वर्गाटिमर क्षेत्रफलमा निर्माण एरिया र १४७.४० प्लिन्थ एरिया हुनेछ ।
साथै, ब्लक ‘ई’ मा एक तल्लाको इन्जिनियरिङ ब्लक बन्नेछ । उक्त ब्लक २५३.०३५ निर्माण क्षेत्र हुनेछ भने २५३.०३५ प्लिन्थ क्षेत्र हुने छ । प्रतिवेदनमा ब्लक स्पा २ तल्लाको बन्नेछ ।
होटलमा १०५ वटा कोठाको सुविधा हुनेछ । होटलमा ९१ वटा स्ट्यान्डर्ड डिलक्स कोठाहरु, ६ वटा सुइट कोठाहरु, ६ किङ साइज बेडहरु भएका कोठाहरु र २ सामान्य कोठा क्लब कोठाहरु हुनेछ ।
प्रतिवेदनअनुसार भुइतल्लामा रिसेप्सन, फिटनेस सेन्टर, पहिलो तल्लामा सम्मेलन हल, बैठक हल, नर्मल कोठा, दोस्रो र तेस्रो तल्लामा स्ट्यान्डर्ड र डिलक्स कोठा र चौथो तल्लामा रेस्टुरेन्ट र बारको व्यवस्था हुनेछ ।
ब्लक ‘सी’को भुई तल्लामा एकै पटक एक सय जनाले कफी खाना खाना सक्ने व्यवस्था हुनेछ । सोही ब्लकमा रेस्टुरेन्ट र बारमा एकैपटक १८० व्यक्तिले सुविधा लिन सक्नेछ भने ब्याङ्क्वेटमा ३ सय जना व्यक्ति अट्ने क्षमतामा बन्नेछ ।
होटलमा २२६० वर्गफिटमा स्वीमीङ पुल निर्माण गर्नेछ । त्यस्तै, होटलमा १६३ वटा बेड हुनेछ ।
होटेलको व्यवस्थापन अमेरिकी होटेल चेन कम्पनी इन्टरकन्टिनेन्टल होटेल ग्रुप (आइएचजी)को चर्चित ब्रान्ड ‘होलिडे इन’ले गर्नेछ ।
होटेल कांग्रेस सांसद दीपक खड्काले सञ्चालनमा ल्याउन लागेका हुन् । उनले झापामा पनि पाँचतारे होटेल इस्टर्न निर्माण गरिरहेका छन् ।