यी हुन् सिद्धार्थ बैंकका ३३ ठूला सेयरधनी, कसको सम्पत्ति कति ?



काठमाडौं । सिद्धार्थ बैंकमा ३३ व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् । बैंकमा ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनीहरुमा २ वटा कम्पनी र ३१ व्यक्ति छन् ।

बैंकमा सबैभन्दा बढी प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनीको ४५ करोड ५३ लाख २३ हजार ८०० रुपैयाँको ३.२३ प्रतिशत र महावीर इन्भेष्टमेन्ट प्रालिको १९ करोड २७ लाख ९९ हजार ७०० रुपैयाँको १.३७ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै नरेन्द्रकुमार अग्रवालको ४१ करोड ५७ लाख ३२ हजार ६०० रुपैयाँ अर्थात् २.९५ प्रतिशत, रतनलाल केडियाको ३४ करोड ९७ लाख ७० हजार ३०० रुपैयाँ अर्थात् २.४८ प्रतिशत, सविता केडियाको २७ करोड १२ लाख ९ हजार २०० रुपैयाँ अर्थात् १.९२ प्रतिशत, चिरंजीलाल अग्रवालको २५ करोड ५१ लाख ३० हजार ८०० रुपैयाँ अर्थात् १.८१ प्रतिशत र पवनकुमार अग्रवालको २४ करोड ८४ लाख ९ हजार ४०० रुपैयाँ अर्थात् १.७६ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै सुवोध तोदीको २१ करोड ८३ लाख ६९ हजार ९०० रुपैयाँ अर्थात् १.५५ प्रतिशत, अशोककुमार बाहेटीको २० करोड ९४ लाख ६८ हजार ६०० रुपैयाँ अर्थात् १.४९ प्रतिशत र नरपतसिंह जैनको २० करोड ५० लाख ६ हजार ४०० रुपैयाँ अर्थात् १.४५ प्रतिशत सेयर स्वामित्व छ ।

बैंकका अनुसार गत आवको असार मसान्तसम्म दीनानाथ केडियाको १९ करोड ८१ लाख ५९ हजार ७०० रुपैयाँ अर्थात् १.४१ प्रतिशत, आदित्य केडियाको १९ करोड ६० लाख २४ हजार २०० रुपैयाँ अर्थात् १.३९ प्रतिशत, तुसार तोदीको १८ करोड १ लाख ७१ हजार ५०० रुपैयाँ अर्थात् १.२८ प्रतिशत, सुरेशकुमार रुंगटाको १७ करोड ३ लाख ९२ हजार ८०० रुपैयाँ अर्थात् १.२१ प्रतिशत र मदनलाल केडियाको १५ करोड २३ लाख ८७ हजार ३०० रुपैयाँ अर्थात् १.०८ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै वीरेन्द्रकुमार शाहको १३ करोड ९१ लाख ५५ हजार ५०० रुपैयाँ अर्थात् ०.९९ प्रतिशत, पुनम चन्द अग्रवालको १३ करोड ६४ लाख ५५ हजार ७०० रुपैयाँ अर्थात् ०.९७ प्रतिशत, विनोदकुमार अग्रवालको १३ करोड १७ लाख ५३ हजार ८०० रुपैयाँ अर्थात् ०.९४ प्रतिशत र राजेशकुमार केडिया १२ करोड ३७ लाख ६४ हजार १०० रुपैयाँ अर्थात् ०.८८ प्रतिशत सेयर स्वामित्व छ ।

सिद्धार्थ बैंकमा भरतकुमार तोदीको १२ करोड ३० लाख १६ हजार रुपैयाँ अर्थात् ०.८७ प्रतिशत, राजकुमार टिब्रेवालाको ११ करोड ३६ लाख ६४ हजार ४०० रुपैयाँ अर्थात् ०.८१ प्रतिशत, विनयकुमार शाहको १० करोड ८१ लाख ५३ हजार ९०० रुपैयाँ अर्थात् ०.७७ प्रतिशत, राजेन्द्रकुमार अग्रवालको १० करोड ७१ लाख १३ हजार १०० रुपैयाँ अर्थात् ०.७६ प्रतिशत र श्यामसुन्दर अग्रवालको १० करोड ५३ लाख १६ हजार ७०० रुपैयाँ अर्थात् ०.७५ प्रतिशत सेयर स्वामित्व छ ।

यसैगरी, सुरेशकुमार केडियाको १० करोड १२ लाख ३० हजार रुपैयाँ अर्थात् ०.७२ प्रतिशत, केशरी चन्द कुचेरियाको ९ करोड ५० लाख १२ हजार ५०० रुपैयाँ अर्थात् ०.६७ प्रतिशत, विमलकुमार केडियाको ९ करोड २६ लाख ३५ हजार रुपैयाँ अर्थात् ०.६६ प्रतिशत, शशिकला अग्रवालको ८ करोड ९२ लाख ९८ हजार ८०० रुपैयाँ अर्थात् ०.६३ प्रतिशत र मनिष जैनको ८ करोड ८९ लाख ९७ हजार ७०० रुपैयाँ अर्थात् ०.६३ प्रतिशत सेयर छ ।

यस्तै जगदीशकुमार अग्रवालको ८ करोड ६४ लाख ५१ हजार १०० रुपैयाँ अर्थात् ०.६१ प्रतिशत, शम्भुकुमार कन्दोइको ८ करोड ३२ लाख ८८ हजार १०० रुपैयाँ अर्थात् ०.५९ प्रतिशत, कवीन्द्रबहादुर श्रेष्ठको ८ करोड २९ लाख ६३ हजार १०० रुपैयाँ अर्थात् ०.५९ प्रतिशत र सरोज शर्माको ७ करोड २५ लाख ४८ हजार ३०० रुपैयाँ अर्थात् ०.५१ प्रतिशत सेयर स्वामित्व छ ।


क्लिकमान्डु