३ प्रतिशतभन्दा धेरैले घट्यो वाणिज्य बैंकको ब्याजदर



काठमाडौं । वाणिज्य बैंकको औसत ब्याजदर ३ प्रतिशतभन्दा धेरैले घटेको छ । वाणिज्य बैंकहरुले कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत निक्षेपतर्फको ब्याजदर औसतमा ३.३१ प्रतिशतभन्दा धेरैले घटाएका हुन् ।

कात्तिकमा व्यक्तिगत निक्षेपतर्फ औसत ९.९६ प्रतिशत रहेको वाणिज्य बैंकहरुको ब्याजदर मंसिरमा ९.६३ प्रतिशतमा झरेको छ ।

अधिकांश वाणिज्य बैंकले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत विन्दुले घटाएका छन् ।

व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाउँदा एउटा बैंकले बढाएको छ भने ६ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् ।

मंसिरमा माछापुच्छ्रे बैंकले मात्रै ब्याजदर बढाएको छ । मंसिरमा ब्याजदर घटबढ नगर्नेमा नेपाल, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंक छन् । अरु १३ बैंकले ब्याज घटाएका छन् । सबैभन्दा बढी ब्याज एनआईसी एशिया र एनएमबि बैंकले घटाएका छन् ।


क्लिकमान्डु