सिद्धार्थ बैंकका सीईओले बुझे २ करोड १० लाख तलबभत्ता, सरकारलाई तिरे ३९% सम्म कर
काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद कँडेललाई २ करोड १० लाख ३२ हजार २३६ रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको छ । तलब भत्ताबापत सीईओ कँडेलले राज्यलाई ३९ प्रतिशतसम्म कर तिरेका छन् ।
बैंकले गत आवमा सीईओसहित नायब प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रबन्धक, सहायक महाप्रबन्धक, वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक र सहायक प्रबन्धकहरुलाई ४५ करोड ९१ हजार ४८६ रुपैयाँ भुक्तानी गरेका छन् ।
बैंकले नायब प्रमुख कार्यकारी अधिकृतलाई गत आवमा १ करोड ६५ लाख २८ हजार ९४६ र सहायक प्रमुख कार्यकारी अधिकृतलाई १ करोड ४१ लाख ४२ हजार ४४८ रुपैयाँ भुक्तान गरेको छ ।
त्यस्तै, नायब महाप्रबन्धकहरुलाई ३ करोड १५ लाख ७१ हजार ६० रुपैयाँ, सहायक महाप्रबन्धकलाई २ करोड १३ लाख ८ हजार ८५० रुपैयाँ, वरिष्ठ प्रबन्धकहरुलाई ४ करोड ३७ लाख ६५ हजार ८१६ रुपैयाँ र प्रबन्धकहरुलाई ८ करोड १८ लाख ३८ हजार ५४८ रुपैयाँ भुक्तान गरेको छ ।
उप प्रबन्धकहरुलाई १० करोड ७७ लाख ८१ हजार ४२७ रुपैयाँ र सहायक प्रबन्धकहरुलाई ११ करोड २१ लाख २२ हजार १५५ रुपैयाँ भुक्तान गरेको बैंकले जनाएको छ ।