सिद्धार्थ बैंकका सञ्चालकले लिए करिब ४३ लाख भत्ता
काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकका लागि भत्ता लगायत विभिन्न शीर्षकमा ४२ लाख ८६ हजार ७२४ रुपैयाँ खर्च गरेको छ ।
सञ्चालक समितिलाई बैठक भत्ता भनेर १६ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ भने अन्य सुविधाबापत २५ लाख ९८ हजार ७२४ रुपैयाँ खर्च गरेको बैंकले जनाएको छ ।
गत आवमा सञ्चाल समितिको बैठक बसेर अध्यक्ष मनोज कुमार केडियाले ३ लाख २४ हजार, सञ्चालक नरेन्द्र कुमार अग्रवालले २ लाख ३८ हजार, राहुल अग्रवालले २ लाख ५२ हजार, दिनेश शंकर पालिखेले २ लाख ६६ हजार, अंकित केडियाले २ लाख ६६ हजार र मिना कुमारी सैंजुले २ लाख ६६ हजार रुपैयाँ भत्ता बुझेका छन् । गत आवमा बैंकले १९ वटा सञ्चालक समितिको बैठक राखेको छ ।
यस्तै सञ्चालक समिति बैठकको अन्य खर्चमा होटल तथा दैनिक भ्रमण भत्ता १ लाख ६४ हजार २७३ रुपैयाँ रहेको छ । यस्तै पत्रपत्रिका तथा संचार खर्च ८ लाख ६४ हजार, सञ्चालक स्तरीय समिति बैठक भत्ता ९ लाख ९४ हजार र अन्य खर्च ५ लाख ७६ हजार ४५१ रुपैयाँ रहेको छ ।