स्वाट्टै घटायो एनआईसी एशिया बैंकले ब्याजदर
काठमाडौं । एनआईसी एशिया बैंकले मंसिर १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकहरुले चर्को ब्याज लिएको भन्दै आलोचना भइरहँदा एनआईसीले ब्याजदर निकै घटाएको हो ।
बैंकले मुद्दति निक्षेप, बचतमा ब्याजदर घटाउँदै गर्दा कर्जाको ब्याजदर कम गरेको छ । कात्तिकमा बैंकको ब्याजदर बचतमा ६ देखि ८ प्रतिशत रहेको थियो । मंसिरका लागि भने बचतको ब्याज ४.५८ देखि ६.५८ प्रतिशतमा झारेको छ ।
यस्तै मुद्दति निक्षेपमा कात्तिकमा व्यक्तिगततर्फ ११.००३ प्रतिशत रहेको थियो भने मंसिरका लागि ८.९६ प्रतिशतमा झारेको छ ।
यस्तै संस्थागततर्फ कात्तिकमा ९.००३ प्रतिशत रहेकोमा मंसिरमा ६.९६ प्रतिशत बनाइएको छ ।
असोज मसान्तमा बैंकको आधारदर १०.५६ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १३.५६ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट निजी तथा सार्वजनिक सवारी साधन, घर, सेयर धितो लगायत कर्जा लिँदा १०.५६ प्रतिशत ब्याज लाग्ने छ ।