एउटा इन्जिन स्टार्ट नभएपछि हुम्लाबाट नेपाल वायुसेवा निगमको विमान उड्न सकेन



काठमाडौं । नेपाल वायुसेवा निगमको विमानमा प्राविधिक समस्या देखिएको छ । हुम्लास्थित सिमिकोट विमानस्थलबाट नेपालगञ्ज उड्न तयार निगमको विमानमा समस्या देखिएको हो ।

सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरका अनुसार चिसोका कारण विमानको एउटा इन्जिन स्टार्ट हुन नसक्दा उडान प्रभावित भएको हो ।

‘चिसोले गर्दा विमानको एउटामात्र इन्जिन स्टार्ट हुन सक्यो’ ति एटिसीले भने,’जसले गर्दा विमानमा चढेका यात्रु ओराल्दै उडान रोकिएको हो ।’

प्राविधिकले विमान परीक्षण गरेपछि मात्र उडान गर्न सकिने उनको भनाइ छ ।

निगमको ब्राभ्रो युनिफर्म विमानमा सिमिकोटमा रोकिएको हो । दुर्गम क्षेत्रमा उडान गर्ने निगमको ब्राभो ट्याङ्गो विमान भने उडान योग्य अवस्थामा छ ।

तिहारको समयमा उडान अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् ।


क्लिकमान्डु