लक्ष्मीपूजामा यस्तो देखियो काठमाडौं



काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गरी श्रद्धा भक्तिसाथ लक्ष्मीपूजा पर्व मनाइएको छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण औँसीको साँझ विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । बेलुकी औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय नियम रहेकाले हिजो गरिएको छ ।

दीपावलीले काठमाडौँ उपत्यका लगायत प्रमुख शहर उज्यालोले झिलिमिलि बनेको छ । उज्यालोले घरबाहिरको वातावरण नै आज उल्लासमय बनेको छ । उपत्यकामा दशैँको भन्दा बढी नै चहलपहल देखिएको छ ।


क्लिकमान्डु