स्टयान्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर, अब कति ?
काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर मंसिर १ गतेदेखि लागू हुनेछ । बैंकले कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटाएको छ ।
बैंकको ब्याजदर मुद्दति निक्षेप संस्थागत तथा व्यक्तिगत दुवै तर्फ एकल अंकमा रहेको छ ।
मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ५.२५ देखि ८९७ प्रतिशतसम्म रहेको छ । संस्थागत तर्फ ५.२५ प्रतिशत रहेको छ ।
बैंकले बचतमा ४ देखि ६.०५ प्रतिशत ब्याज दिँने जनाएको छ । बैंकले अहिले १० प्रकारका बचत खाता सञ्चालन गर्दै आएको छ ।
असोज मसान्तसम्म बैंकको आधारदर ८.२४ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा अधिकतम १२.४२ प्रतिशत ब्याज लाग्छ ।