सयपत्री फूलको बजार तोकियो, अन्य स्थानमा बिक्री गरे जफत गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारको समयमा बिक्री हुने सयपत्री पुष्प र यसबाट निर्मित मालाका लागि काठमाडौंको चार स्थानमा बिक्री बितरण गर्न स्थान तोकेको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले फूलको व्यापारको लागि चार स्थान तोकेको हो । तोकिएको चार स्थानबाहेक अन्य स्थानमा बिक्री बितरण गरे ति सामग्री जफत गरिने महानगरपालिकाले जनाएको छ ।
चार ठाउँमा मखमली, सयपत्रीलगायतका फूलको बिक्रीका लागि महानगरले सहजीकरण गरेको छ । भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलका लागि महानगरले बिक्री केन्द्र तोकेको छ ।
यसबाहेक महानगरपालिकाले तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो ।