लगानी प्रवर्धन गरी आर्थिक रुपान्तरण जोड दिन सीएनआईको बजेट वाच
काठमाडौं । लगानी प्रबर्द्धन गरि आर्थिक रुपान्तरण जोड दिन नेपाल उद्योग परिसंघले बजेट वाच कार्यक्रमको आयोजना गरेको छ ।
परिसंघले शुक्रबार राजधानीमा बजेट वाच कार्यक्रम आयोजना गरेको हो । कार्यक्रलाई सम्बोधन गर्दै परिसंघका अध्यक्ष राजेश अग्रवालले यो वर्षको बजेट वाचमा लगानी सम्बन्धि ८ वटा बुँदालाई कार्यान्वयनमा जोड दिइएको बताए ।
लगानी प्रबर्द्धन गरेर मुलुकलाई अर्थिक रूपान्तरणमा लैजान सीएनआईले बजेट वाच सुरु गरेको उनले बताए । शुक्रबार आयोजित बजेट वाच दोस्रो हो । यस अधि पहिलो कार्यक्रम गरिसकेको छ । यस्तो कार्यक्रम यो बर्षभरिमा ७ वटा गर्ने पनि सीएनआईले जनाएको छ ।
सीएनआईका उपाध्यक्ष हेमराज ढकालले चालु आर्थिक वर्षको बजेटमा भएको विभिन्न ७३ वटा नीतिगत व्यवस्थाको कार्यान्वयन अवस्थालाई विशेष रुपमा हेरिने बताए ।