यसवर्ष काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले गत वर्षहरुमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुमति दिने गरिएकोमा यस वर्ष यसलाई बढाएर राति १ बजेसम्म बनाइएको बताएका छन् ।
‘विगतको वर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजे सम्म मात्र खेल्न अनुमति दिइएको थियो, शाहले भनेका छन् ‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले ‘राति १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिन हार्दिक अनुरोध गर्दछौं ।’
सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन शाहले अनुरोध गरेका छन् ।