धरानमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि समिति गठन



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरान उपमहानरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको छ ।

प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन गरिएको हो ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।

बुधबार धरान उपमहानरका मेयर हर्क साम्पाङले धरानमा विमानस्थल बनाउन पहल गरिदिन आग्रह गर्दै मन्त्री किरातीलाई पत्र लेखेका थिए ।

धरान नजिक विराटनगरमा विमानस्थल रहेकोले नजिकै अर्को विमानस्थल किन आवश्यक भयो भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने प्रश्न गरिरहेका छन् ।


क्लिकमान्डु