भूकम्पप्रभावितलाई एफवान सफ्ट ग्रुपका कर्मचारीले गरे ३० लाख सहयोग
काठमाडौं । नेपालको अग्रणी फिनटेक ग्रुप एफवान सफ्ट ग्रुपले जाजरकोट र रूकुप पश्चिममा गएको भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ ।
ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा बिहीबार ३० लाख रुपैयाँ जम्मा गरेको हो । कोषमा एफवान सफ्ट ग्रुपअन्तर्गतका एफवान सफ्ट इन्टरनेसनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्सफर तथा एफवान सफ्ट ग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन् ।
केही दिनअघि गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिमम ठूलो जनधनको क्षति भएको छ । उक्त क्षतिमा आफूहरूको सानो सहयोगले पनि केही राहत होस् भन्ने उद्देश्यले रकम सहयोग गरेको एफवान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए ।