हिमालयन बैंकद्वारा भूकम्पप्रभावितलाई २१ लाखको राहत सामग्री सहयोग
काठमाडौं । हिमालयन बैंकले भूकम्पप्रभावितलाई २१ लाख रुपैयाँबराबरको राहत सामग्री सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जाजरकोट खलंगा र मुसिकोट तथा रुकम पश्चिमका भूकम्पप्रभावितलाई २१ लाख रुपैयाँबराबरको राहत सामग्री खरिद गरी पठाएको हो ।
कात्तिक १७ गते राति ११:४७ बजे जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले घर भत्किँदा जाजरकोट र रुकुम पश्चिमका १५७ जनाको निधन भएको छ ।
भूकम्पले जाजरकोट खलंगा र मुसिकोट, रुकुम पश्चिमलाई ठूलो जनधनको क्षति पुर्याएको हुँदा विपद्को समयमा त्यस क्षेत्रका बासिन्दालाई केही सहयोग वा राहत होस् भन्ने उद्देश्यले दाल, चामल, नुन र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगा र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।