भूकम्पप्रभावितलाई मितेरी डेभलपमेन्ट बैंकद्वारा ७ लाख सहयोग



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले जाजरकोटसहितका भूकम्प प्रभावित क्षेत्रका लागि सात लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

सुनसरी, मोरङ र झापाका ग्रामिण क्षेत्रमा बैंकिङको पहुचदेखि बाहिर रहेको जनसंख्यालाई वित्तीय साक्षरता अभिवृद्धि गर्दै बैंकिङ पहुच पुर्‍याउँदै आएको बैंकले विनाशकारी भूकम्पबाट पीडितलाई राहत पुर्‍याउने उदेश्यले ७ लाख रुपैयाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।

बैंकले आर्थिक गतिविधिको माध्यमवाट मूनाफा आर्जन र सो मूनाफाको एउटा हिस्सा समाजका विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्वं अन्तरगत योगदान गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु