प्रभु बैंकबाट बाहिरिँदै ५ जना संस्थापक सेयरधनी



काठमाडौं । प्रभु बैंकका ५ जना संस्थापक सेयरधनी ३ लाख ९९ हजार ७१० कित्ता बिक्री गरेर बैंकबाट बाहिरिन खोजेका छन् ।

बैंकका ५ जना संस्थापक सेयरधनीले ३ लाख ९९ हजार ७१० कित्ता सेयर बिक्री गर्न खोजेको भन्दै उक्त सेयरमा ३५ दिन भित्र आवेदन दिन संस्थापक सेयरधनीलाई बैंकले आग्रह गरेको छ ।

बैंकका संस्थापक सेयरधनीहरु बिगेन्द्र भारीले ४८ हजार ३९४ कित्ता, अन्जु शर्माले २० हजार ६३४ कित्ता, नवराज पोखरेलले ४१ हजार २६७ कित्ता, चिरन्जीवी श्रेष्ठले ८९ हजार ४१५ कित्ता र बलराम न्यौपानेले २ लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

संस्थापक सेयरधनीले बिक्री गर्न लागेको सेयरमा पहिलो प्रामिकतामा संस्थापक सेयरधनी नै पर्ने गरेका छन् । ३५ दिन भित्र संस्थापक सेयरधनीले सेयर खरिद नगरेको खण्डमा सर्वसाधारणले समेत आवेदन दिन पाउनेछन् ।


क्लिकमान्डु