मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफा सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

बैंकले गत आवको नाफाबाट १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश रहेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु