फेवाताल छेउका फुटपाथ हटाउँदै नगरप्रहरीले दियो विदेशी माग्नेलाई सचेतना



पोखरा । पोखराको फेवाताल छेउका फुटपाथ महानगरले हटाएको छ ।

फुट–ट्रयाकमा रहेका फुटपाथ व्यावसायीलाई आफ्नो व्यावसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्त रुपमा सचेतना दिएका हुन् ।

तालको छेउमा रहेका फुट–ट्रयाकमा रहेका व्यावसायीहरु र फुट–ट्रयाक मिचेर व्यापार गरेका व्यावसायीलाई हटाउन अनुरोध गर्दै मंगलबार राति पोखरा महानगर नगर प्रहरी टोली,बैदाम प्रहरी टोली र जनप्रतिनिधिले हटाएका हुन् ।

आगामी दिनमा पर्यटकीय नगरी पोखरामा सुन्दरता दिनको लागि समेत व्यावसायीलाई आह्वान गरेका हुन् ।

बैदामका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले फुटपाथ मिचेर खुद्रा व्यापारी बस्ने र व्यावसाय सञ्चालन गर्ने र त्यहाँ आएका विदेशी पर्यटकहरुले मागेर हिँड्ने र विभिन्न अनैतिक किसिमका गतिविधि देखाउनाले सुन्दरतामा नकारात्मक असर सृजना गरिएको आम–उपभोक्ताको गुनासो थियो । सो गुनासोपछि सांकेतिक रुपमा कार्यक्रम गरेको र आगामी दिनमा पर्यटकीय क्षेत्रमा नकारात्मक असर पर्न नदिने जानकारी दिए ।

पोखरा महानगरपालिका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भोलिबाट व्यापारिक सामन नराख्न अनुरोध गर्दै आगामी दिनमा अटेर गरेको पाइए सामन नियन्त्रण गर्ने बताए ।

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न गइरहँदा पर्यटकीय क्षेत्रमा सिमित स्थान छुट्टयाएर व्यापार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।


क्लिकमान्डु