महालेखा नियन्त्रण कार्यालयले बुझायो आन्तरिक लेखा परीक्षण प्रतिवेदन, बेरुजु शून्य बनाउन अर्थमन्त्रीको निर्देशन



काठमाडौं । महालेखा नियन्त्रण कार्यालयले अर्थ मन्त्री डा. प्रकाशशरण महतलाई आन्तरिक लेखा परिक्षण प्रतिवेदन बुझाएको छ ।

महालेखाले तिनै तहका सरकारको खाताहरू आन्तरिक लेखापरीक्षण गर्दै प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऎनको दफा ३३ को उपदफा ११ मा महालेखा नियन्त्रण कार्यालयले कार्त्तिक मसान्तसम्म तिनै तहको आन्तरिक लेखा परिक्षण प्रतिवेदन अर्थमन्त्रीलाई बुझाउनु पर्ने कानुनी व्यवस्था छ ।

महालेखाको प्रतिवेदन बुझ्दै अर्थमन्त्री महतले बेरुजु शून्यमा पुर्याउने गरी काम गर्न निर्देशन दिए ।


क्लिकमान्डु