प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव दिँदै रविले भने: राहतमा राजनीति नगर्नू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबारे सरकारले गर्नुपर्ने काममा केन्द्रित रहेर सरकारलाई १४ बुँदे सुझाव दिएका छन् ।
लामिछानेले सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामाग्री तत्काल पुर्याउनु पर्ने बताए ।
रकार जनताको अभिभावक हो भन्ने कुरा स्मरण गराउँदै आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूतिस गराउन उपयुक्त कदम चाल्न उनले प्रधानमन्त्रीलाई सुझा दिए ।
राहत सामग्री जिल्ला प्रशासन कार्यालमा थुप्रो लागेको भए पनि भूकम्प पीडितले नपाएको उनको भनाइ छ ।