२२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्न नपर्नाको कारण सोधेको छ ।

विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनीलाई कार्यालयले कालोसूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

ठेक्का सम्झौता गरेर समयमा काम पूरा नगरेको भन्दै कार्यालयले यसअघि ३० दिनभित्र लिखित जवाफ दिन भनेको थियो । तर, हालसम्म पनि त्यसको जवाफ नआएको जनाएको छ ।

स्पष्टीकरण सोधिएका कम्पनीमा इजोन निर्माण सेवा, रोहित निर्माण सेवा, सभिल डेस्क इन्जिनियरिङ कन्सल्टेल्सी भूमि इन्फ्रास्ट्रक्चर, शिवालय विल्डर्स, धिताल बिल्डर्स लगायत रहेका छन् ।


क्लिकमान्डु