पर्यटन मन्त्रालयअन्तर्गतका ६ संस्थाले भूकम्पप्रभावितलाई गरे ४ करोड सहयोग
काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न संघसंस्थाले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेका छन् ।
बुधबार बिहान बालुवाटारमा पर्यटनमन्त्री सुदन किराँतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´लाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सहयोग गर्नेमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ र लुम्बिनी विकास कोष रहेका छन् । त्यसैगरी गोरखा ब्रुअरीले पनि राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।