भूकम्पप्रभावितलाई सूर्य नेपालले गर्‍यो १ करोड ४० लाख सहयोग



काठमाडौं । सूर्य नेपाल प्रालिले जाजरकोट भूकम्पप्रभावितलाई १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले व्यावसायिक सामाजिक दायित्वअन्तर्गत भूकम्पप्रभावितको उद्धार, राहत तथा पुन:स्थापनाका लागि सहयोग गरेको जनाएको छ ।

सूर्य नेपालले १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुनेगरी मंगलबार कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रबन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ ।

कम्पनीले थप ३५ लाखबराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्यांकेटहरु जाजरकोट पठाइसकेको जनाएको छ । त्यस्तै ५ लाख रुपैयाँबराबरको औषधी वीर अस्पतालको प्रभावित क्षेत्रतर्फ जाने टोलीलाई हस्तान्तरण गरेको सूर्य नेपालले जनाएको छ ।


क्लिकमान्डु