ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११:११ मा २० प्रतिशत छुट



काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले दराजको ११:११ अफरमा अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट पाउने भएका छन् ।

नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइनेछन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा २ हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा २ हजार ५ सय रुपैयाँसम्म छुट पाउनेछन् ।

बैंकका कार्डबाहक ग्राहकले छुट पाउनका लागि दराज एपबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर संकलन गर्नुपर्नेछ । यी भौचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागू हुनेछन् ।

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई सहज र निरन्तर किनमेल अनुभव सुनिश्चित गर्दै आएको जनाएको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजना ल्याउने गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु