लौरो टेकेर भूकम्पप्रभावित क्षेत्रमा पुगे राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।

१० दिने युरोप भ्रमण रद्द गरेर राष्ट्रपति पौडेल भूकम्पको केन्द्रबिन्दु जाजरकोट पुगेका हुन् । राष्ट्रपति पौडेलले जाजरकोटको भेरी नगरपालिका-३ माथिल्लो थाप्लेमा भूकम्पबाट क्षति पुर्‍याएको संरचनाको अवलोकन गरेका हुन् ।

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पमा परि जाजरकोट र रुकुमपश्चिममा १५३ जनाको मृत्यु भएको छ । भूकम्पका कारण साढे ३ सय जना घाइते छन् । दुई जिल्लामा गरी १७ हजार ७ सयभन्दा धेरै घरहरू पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।


क्लिकमान्डु