प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री दाहालले जाजरकोट भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न मंगलबार सर्वदलीय बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पमा परि जाजरकोट र रुकुमपश्चिममा १५३ जनाको मृत्यु भएको छ । भूकम्पका कारण साढे ३ सय जना घाइते छन् । दुई जिल्लामा गरी १७ हजार ७ सयभन्दा धेरै घरहरू पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।


क्लिकमान्डु