काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई कामना सेवाको सहयोग



काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सहयोग गरेको छ । १७औं वर्ष प्रवेशको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुमको सबलीकरण गरी हस्तान्तरण गरेको हो ।

कन्ट्रोल रुमको सबलीकरण गरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण गरेका छन् । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बैंकले सबलीकरणपश्चात कन्ट्रोल रुमको सेवा छिटो र छरितो हुन थालेको बताए ।

बैंकले स्थापनाको १७औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रुपमा १७ वटा कार्यक्रम गरिरहेको छ । बैंकले शुक्रबारदेखि विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । बिहीबारसम्म कार्यक्रम हुने बैंकले जनाएको छ ।


क्लिकमान्डु