सेयर बिक्री गरेर बाहिरिँदै कुमारी बैंकका संस्थापक, सर्वसाधारणले आवेदन दिन सक्ने



काठमाडौं । कुमारी बैंकका संस्थापक सेयरधनी लाल बहादुर घलेले १ हजार ४३८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।

उनले बिक्री गर्न लागेको सेयर संस्थापक सेयरधनीले खरिद गर्न निवेदन नदिएपछि उक्त सेयर सर्वसाधारणका लागि निष्कासन गरिने भएको छ ।

संस्थापकले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न खोज्दा पहिलो प्राथमिकता संस्थापकलाई नै दिइएको हुन्छ । संस्थापकले पनि उक्त सेयर खरिद नगरेको खण्डमा सर्वसाधारणका लागि निष्कासन गरिने व्यवस्था रहेको छ ।

उक्त सेयर खरिद गर्न चाहने सर्वसाधारण लगानीकर्ता वा संस्थाले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन दिनुपर्ने छ ।


क्लिकमान्डु