सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १४ सय ५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु