भूकम्पप्रभावितका लागि ट्रान्जिसनल सेल्टर बनाइदिँदै चौधरी फाउण्डेसन



फाइल तस्बिर

काठमाडौं । चौधरी फाउण्डेसनले भूकम्पप्रभावित परिवारका लागि ट्रान्जिसनल सेल्टर निर्माण गरिदिने भएको छ ।

भूकम्पबाट घर गुमाएका रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ५० परिवारका लागि सेल्टर निर्माण गरिने फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

फाउण्डेसनका प्रतिनिधि र नगरपालिका प्रमुख पुष्प बादीबीच मंगलबार बिहान भएको बैठकले यो निर्णय गरेको जनाइएको छ ।

फाउण्डेसनले नगरपालिकासँगको समन्वयमा घरविहीन भएका परिवारका लागि अस्थायी घर निर्माण गरिदिनेछ । फाउण्डेसनले २०७२ सालमा निर्माण गरेजस्तै ट्रान्जिसनल सेल्टर निर्माण गर्नेछ ।


क्लिकमान्डु