लुम्बिनी विकास बैंकबाट बाहिरिँदै २ जना संस्थापक, सर्वसाधारणले सेयर किन्न पाउने



काठमाडौं । लुम्बिनी विकास बैंकबाट २ जना संस्थापक सेयरधनी बाहिरिन लागेका छन् ।

बैंकका संस्थापक सेयरधनी विल बहादुर गुरुङ र बिन्दु कुमार थापाले आफ्नो नाममा भएको संस्थापक सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेका हुन् ।

बैंकका संस्थापक गुरुङले आफ्नो नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता र थापाले आफ्नो नाममा रहेको ५३ हजार ८९१ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

थापा र गुरुङले सेयर बिक्री गर्ने भएपछि बैंकले अन्य संस्थापक सेयरधनीलाई उक्त सेयर खरिद गर्न सूचना निकालेको थियो ।

संस्थापकले सेयर खरिद नगरेपछि अहिले सर्वसाधारण र अन्य संस्थालाई खुला गरिएको छ । उक्त संस्थापक सेयर खरिद गर्न चाहनेले १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजारमा निवेदन दिन भनेको छ ।


क्लिकमान्डु