नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश घोषणा



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेयरधनी लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आवको नाफाबाट ४.२१०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेर अर्थ मन्त्रालयले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु