काठमाडौं महानगरद्वारा २ हजार भूकम्पपीडित परिबारलाई राहत सामाग्री प्रदान



काठमाडौ । काठमाडौं महानगरपालिकाले जाजरकोटका २ हजार भुकम्प पिडित परिबारका लागि राहत सामाग्री उपलब्ध गराएको छ ।

महानगरपालिकाले भुकम्पबाट पिडित भएका स्थानीय बासिन्दाका लागि २ हजार थान ब्ल्याङ्केट पठाएको छ । यस्तै २ हजार घर परिवारका लागि खाद्यान्न सामाग्री, औषधि तथा सफाइ सामग्री पठाउने तयारी गरेको छ । नेपाली सेनाको स्काइ ट्रकबाट ब्ल्याङ्केट पठाइएको हो भने राहतका प्याकेट स्थल मार्गबाट पठाउने तयारी गरेको छ ।

राहत सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले बताए ।

प्रभावित क्षेत्रमा खाद्यान्नमा ५ किलो चामल, २ किलो चिउरा, १ किलो दाल, १ किलो नुन र एक लिटर खाने तेल राखिएको छ । विपद व्यवस्थापन विभागका प्रमुख गंगाधर गौत्तमले भने, ‘सरसफाइ तथा औषधिजन्य सामाग्रीमा ५०० एमएलको सेनिटाइजर, २ वटा हात धुने साबुन, एउटा पानी शुद्धिकरण गर्ने प्युरिफायर झोल, १० वटा भएको १ प्याकेट सेनिटरी प्याड, ५ प्याकेट जीवन जल, २ फाइल सिटामोल र फोहोर राख्ने १० वटा भएको प्लाष्टिकको ठूलो थैलो १ प्याकेट पठाउने तयारी गरिएको छ ।’


क्लिकमान्डु