जाजरकोटमा फेरि भूकम्प



काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर सोमबार अपराह्न पुनः भूकम्पको धक्का मापन गरिएको छ ।

जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ५.८ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं आसपास पनि महसूस गरिएको थियो । गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।


क्लिकमान्डु