भाइटीकाको साइत सार्वजनिक



काठमाडौं । यस वर्षको भाइटीकाको साइत सार्वजनिक भएको छ ।

कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।


क्लिकमान्डु