वायुसेवा निगमको संरचनागत सुधार प्रतिवेदन कार्यान्वयनका लागि समिति गठन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिवेदन कार्यान्वयन सुझाव समिति गठन गरेको छ । मन्त्रालयले वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय व्यवस्थापन समितिको प्रतिवेदन कार्यान्वयन सुझाव समिति गठन गरेको हो ।

दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन कार्यन्वयनका लागि निगमका पूर्वमहाप्रवन्धक कुलबहादुर लिम्बुको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई,वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिव र वायुसेवा निगमको प्रशासन महाशाखाको विभागीय प्रमुख रहने गरि समिति बनेको हो ।

पूर्वगर्भनर क्षेत्री संयोजक रहेको समितिले ५ महिना लगाएर वायुसेवा निगम सुधारका लागि व्यवसायीक र संरचनागत सुधारका लागि प्रतिवेदन तयार पारेको थियो । उक्त सुझाव कार्यन्वयनका लागि समिति तयार पारिएको मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु