भिजी फाउन्डेसनले भूकम्पपीडितलाई २१ लाख सहयोग गर्ने
काठमाडौं । जाजरकोट भूकम्पप्रभावितलाई भिजी फाउन्डेसनले २१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । फाउन्डेसनले सोमबार विज्ञप्ति जारी गरी भूकम्पप्रभावितलाई सहयोग घोषणा गरेको जनाएको छ ।
‘फाउन्डेसनले विभिन्न संघसंस्थाहरुको हातेमालोको अपेक्षाका साथै प्रधामन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगार्थ २१ लाख रुपैयाँ प्रदान गरिने घोषणा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
शुक्रबार मध्यरातमा कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ । घाइतेको उपचार सरकारले नि:शुल्क गर्ने भएको छ भने राहत तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीनै सुरक्षा निकाय खटिएका छन् ।
हालसम्म पनि भौतिक संरचनामा पुगेको क्षतिको यकिन विवरण आइसकेको छैन ।