भूकम्पपीडितलाई ग्यास उद्योग संघको ११ लाख ११ हजार सहयोग



काठमाडौं । खाना पकाउने एलपी ग्यास बोटलिङ तथा रिफिलिङ उद्योगहरुको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले जाजरकोटको भूकम्पपीडितलाई राहत उपलब्ध गराउने उद्देश्यले ११ लाख ११ हजार १११ रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

उक्त रकम प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराइएको छ । संघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उक्त राहत रकम उपलब्ध गराएका छन् ।

यस्तै संघले जाजरकोट र पश्चिम रुकुम क्षेत्रका भूकम्पपीडितलाई निःशुल्क रुपमा खाना पकाउने ग्यासको सिलिण्डर उपलब्ध गराएको छ । पहिलो चरणमा ३ सय थान सिलिण्डर सोमबार प्रभावित क्षेत्रमा उपलब्ध गराउन लागिएको संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए ।


क्लिकमान्डु