‘नेपालका पर्यटन क्षेत्र सुरक्षित छन्, ढुक्कले यात्रा गरौं’



काठमाडौं । नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेकाले ढुक्क भएर यात्रा गर्न नेपाल पर्यटन बोर्डसहितका विभिन्न पर्यटनसँग सम्बन्धित संस्थाले विदेशी पर्यटकसँग आग्रह गरेका छन् ।

शुक्रबार राति जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पका कारण नेपालको पर्यटनबारे नकारात्मक सन्देश प्रवाहबारे सचेत हुँदै बार्डले पर्यटकीय क्षेत्र सुरक्षित रहेको सन्देश दिएको हो ।

नेपाल पर्यटन बोर्ड तथा पर्यटनसँग सम्बन्धित निजी क्षेत्रका संघसंस्थाले भूकम्प गएको क्षेत्र राजधानी काठमाडौंबाट ५ सय किलोमिटर टाढा भएको, नेपालका प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित रहेको र भूकम्पले पर्यटकीय वातावरण नबिग्रिएको बताएका छन् ।

‘पर्यटन क्षेत्र सुरक्षित छन् र पर्यटकीय गतिविधि निर्वाध रुपमा सञ्चालनमा छन्,’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु