भूकम्पपीडितलाई आईएमई लाइफ इन्स्योरेन्सको १० लाख सहयोग



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले भूकम्पपीडितलाई १० लाख सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजित उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।

आईएमई लाइफ इन्स्योरेन्सले विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा सहयोग पुगोस् भन्ने हेतुले कोषमा रकम प्रदान गर्ने निणर्य गरेको जनाएको छ ।

पीडित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दै समुदायलाई आवश्यक परेको समयमा सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए ।


क्लिकमान्डु