चीनले भूकम्प प्रभावित क्षेत्रमा १० करोड रुपैयाँको सामग्री सहयोग गर्ने



काठमाडौं । चीनले जाजरकोटसहितको जिल्लामा भूकम्प प्रभावितलाई १० करोड रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले पहिलो आपतकालीन प्रतिक्रियाको रूपमा भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्याङ्केटसहित करिब १० करोड नेपाली रुपियाँ सामग्रीहरू प्रदान गर्ने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल एक्स मार्फत उनले आपतकालिन प्रतिक्रियाको रूपमा चीनले पहिलो चरणको सहयोग कार्यक्रमको घोषणा गरेको समेत उनले बताए ।

चीनको साउथ एसियन कन्ट्रीज इमरजेन्सी सप्लाइज रिजर्भले प्रदान गर्ने उक्त सहयोग १/२दिनमा आइपुग्ने छ । चीनबाट थप सहायताहरू आउने क्रममा रहेको जनाएको छ।


क्लिकमान्डु