भूकम्प पीडितलाई सिबिफिनको १० लाख रुपैयाँ सहयोग



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गहिरो दुःख व्यक्त गर्दै तत्कालका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराउने घोषणा गरेको हो ।

त्यस्तै प्रभावित क्षेत्रमा तत्काल खाद्यान्य, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी आएको भन्दै सिबिफिनले राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पुर्‍याउने मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउन सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायहरुमा संचालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।


क्लिकमान्डु