भूकम्पपीडितलाई एनआईसी एशिया बैंकको ५१ लाख सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्पपीडितलाई ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले भूकम्प प्रभावितको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको हो ।
कात्तिक १७ गते राति कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
एनआईसी एशिया बैंकले देशभर ३६० शाखा कार्यालय, ६४५ एटीएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।
देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको प्रमुख सूचना अधिकारी एवं नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए ।