एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाख सहयोग



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

एनसेलले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै ग्राहकलाई सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्‍याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)का ग्राहकलाई ४० लाख ब्यालेन्सबाराबरको सेवा निःशुल्क उपलब्ध गराएको छ । यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । समयसीमा १५ दिनको रहने एनसेलले जनाएको छ ।

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो ।


क्लिकमान्डु