भूकम्पपीडितलाई आर्थिक सहयोग गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको अनुरोध



काठमाडौं । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको क्षतिको उद्दार तथा राहतको लागी सहयोग गर्न इच्छुकहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमार्फत सहयोग गर्न सक्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सूचना जारी गर्दै विपद्को दुखद् घडीमा खोज, उद्धार र राहतका लागि क्रियाशील रहेका सम्पूर्ण महानुभाव एवम् संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै यसको निरन्तरता र थप सहयोगको लागि अनुरोध गरेको ।

यस्तो संवेदनशील घडीमा देशविदेशमा रहेका सहयोग गर्न इच्छुकहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको चल्ती खाता नं ११३०१००००३७६२००१ मा रकम जम्मा गर्न सकिने कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टले जनाएका छन् ।


क्लिकमान्डु