ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनसभन्दा नगद बढी
काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
आज बिहान बसेको सञ्चालक समितिको बैंकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस १ प्रतिशत नगद ८ प्रतिशत दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।