एनआइसी एशिया क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड–२ योजना निष्कासन गर्ने



काठमाडौं । एनआइसी एशिया क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड–२ योजना निष्कासन गर्ने भएको छ ।

फण्डले १० करोड इकाई निष्कासन गर्न लागेको मा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआइसी एसिया बैंकलाई छुट्याएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गर्ने छ । यो बन्दमुखी योजना हो ।

इकाईमा मंसिर ४ देखि ७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिइकाई १० रुपैयाँका दरले निष्कासन हुने फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु